काठमाडौं । संसद्मा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप आज सर्वदलीय बैठक बस्दै छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाइएको हो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासहित प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलले दुवै सदन अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्ने र विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग राखेका छन्।
संसदीय गतिरोध अन्त्य गरी नियमित कार्यसूची अघि बढाउने उद्देश्यले सर्वदलीय छलफल आयोजना गरिएको बताइएको छ।