काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। विपक्षी दलको निरन्तर अवरोधपछि केही समयका लागि रोकेको बैठक सभामुखले सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जारी राखेका छन्। विपक्षी सांसदहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीले सदनमै माफी माग्नुपर्ने माग दोहोर्याएका छन्।
आज रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरे पनि दलहरूबीच सहमति जुट्न सकेन। त्यसपछि प्रतिनिधिसभाको बैठक प्रभावित बनेको हो।