काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज अपराह्न साढे ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले सम्पत्ति विवरणसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो।
समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गरेसँगै गुरुङलाई पुनः गृहमन्त्रीमा फर्काउने निर्णय भएको हो।
यस्तै प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
सरकारले दुई मन्त्रीको नियुक्तिलाई प्रशासनिक तथा नीतिगत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा व्याख्या गरेको छ।