सदनमा विपक्षीको मौनधारणप्रति सभामुख असन्तुष्ट

एक घण्टा अगाडि
सदनमा विपक्षीको मौनधारणप्रति सभामुख असन्तुष्ट

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गरेपछि सभामुखले त्यसप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले शहीदहरूको सम्मानमा मौनधारणको प्रस्ताव राखेका थिए। त्यसपछि विपक्षी सांसदहरूले बैठकमै पाँच मिनेट मौनधारण गरेका थिए।

तर सभामुखले आफूले बैठक सञ्चालन गरिरहेको अवस्थामा सदस्यहरूले स्वेच्छाले समय निर्धारण गरेर मौनधारण गर्नु संसदीय अभ्यासअनुकूल नभएको टिप्पणी गरे।

उनले शहीदहरूप्रति सम्मान व्यक्त गर्दै संसद्ले सदैव शहीदहरूको योगदानको कदर गरिरहेको बताए। तर सभामुखको स्वीकृति र प्रक्रियाबाहिर गएर गरिएको गतिविधिले संसद्को मर्यादामाथि प्रश्न उठाउने उनको भनाइ थियो।

संसदीय प्रक्रिया र बैठक सञ्चालनको अधिकार सभामुखमा निहित रहेको भन्दै उनले भविष्यमा यस्ता गतिविधि दोहोरिन नहुने संकेत गरे।