अख्तियारले काम गर्न नसकेपछि सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रधानमन्त्रीको दाबी

एक दिन अगाडि
अख्तियारले काम गर्न नसकेपछि सम्पत्ति छानबिन आयोग गठन गरिएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमा उनले उच्च तहका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन प्रभावकारी रूपमा हुन नसकेको बताएका छन्।

उनका अनुसार अख्तियारले मुख्यतः उजुरी परेका विषयमा मात्रै अनुसन्धान गर्ने गरेको छ भने अवैध सम्पत्ति र अकुत सम्पत्तिको व्यापक खोजबिन पर्याप्त रूपमा हुन सकेको छैन। यही कारण सरकारले सम्पत्ति छानबिन आयोग गठन गरेको उनको दाबी छ।

प्रधानमन्त्रीले उक्त आयोग अख्तियारको विकल्प नभई सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि पूरक निकायका रूपमा काम गर्ने बताएका छन्। आयोगविरुद्ध दायर रिटमाथि सरकारको आधिकारिक धारणा सार्वजनिक भएपछि यो विषय फेरि चर्चामा आएको छ।