काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्न थालेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।