काठमाडौंको न्यूनतम तापक्रम १०.४ डिग्री, हिजोभन्दा बढ्यो

२१ घण्टा अगाडि
काठमाडौंको न्यूनतम तापक्रम १०.४ डिग्री, हिजोभन्दा बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस देखिएको हो ।

यो तापक्रम बिहीबारको तुलनामा २.४ डिग्रीले बढी हो । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद् अनुप नेपालका अनुसार आजको वास्तविक न्यूनतम तापक्रम भने बिहान ८ः४५ बजे पुनः मापन गरिनेछ । त्यसबेला तापक्रम केही घट्न सक्ने सम्भावना रहे पनि बिहान मापन गरिएको तापक्रम नै कायम रहन सक्ने उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । महाशाखाले न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गर्छ ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रमको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभर मापन भएको सबैभन्दा बढी तापक्रमलाई जनाउँछ ।