काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।
नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने आकार, रङ र डिजाइन भने अघिल्लो संस्करणकै जस्तै राखिएको छ ।
राष्ट्र बैंकले करिब ३० लाख थान नयाँ नोट बजारमा पठाइसकेको जनाएको छ । नोटमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप, दृष्टिविहीन व्यक्तिका लागि स्पर्शबाट चिन्ने विशेष चिन्ह तथा आधुनिक सुरक्षण प्रविधि समावेश गरिएको छ ।