काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि प्रभाव परेको व्यवसायीहरूको भनाइ छ ।