रास्वपाले महाधिवेशनको लोगो सार्वजनिक गर्‍यो, तयारी तीव्र

एक घण्टा अगाडि
रास्वपाले महाधिवेशनको लोगो सार्वजनिक गर्‍यो, तयारी तीव्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गर्दै तयारीलाई तीव्र बनाएको छ ।

असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनका लागि पार्टीले १८ वटा विभिन्न उपसमिति गठन गरिसकेको छ । राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा गणेश कार्कीलाई जिम्मेवारी दिइएको छ ।

पार्टीका अनुसार महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक कार्यदिशा तय तथा नेतृत्व संरचना थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

यसैबीच बन्दसत्रका लागि माग गरिएको हल उपलब्ध गराउने विषयमा चितवन उद्योग संघले सरकारको स्पष्ट निर्णय आवश्यक रहेको बताएको छ ।