काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको जनाइएको छ।
भेटका क्रममा दुई देशबीच सहकार्य र समन्वयका क्षेत्रहरू विस्तार गर्ने विषयमा कुराकानी भएको थियो। साथै, नेपालमा सञ्चालित तथा सम्भावित विभिन्न परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र त्यसलाई वृद्धि गर्ने विषयमा समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले आपसी सम्बन्धलाई थप उचाइमा पुर्याउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।