काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो ३ बजे बस्ने बैठकले संसदीय दलको नेता चयन गर्नेछ।
पार्टीभित्रको आन्तरिक विवादका कारण अहिलेसम्म नेता चयन हुन नसकेको अवस्थामा आजको बैठकलाई निर्णायक मानिएको छ। सहमतिमा टुंगो नलागे मतदानमार्फत निर्णय गरिने बताइएको छ।
गुरुराज घिमिरेका अनुसार अर्जुननरसिंह केसी, भीष्म आङदम्बे र मोहन आचार्यलगायत नेताहरूले दाबी गरेका छन्।