काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सदस्यता नवीकरणको समयसीमा थप गरेको छ।
महासचिव शंकर पोखरेलले जारी गरेको परिपत्रअनुसार अब जेठ मसान्तसम्म सदस्यता नवीकरण गर्न सकिनेछ। यसअघि तोकिएको समयभित्र सबै सदस्यले नवीकरण गर्न नसकेपछि समय थपिएको हो।
पार्टीले करिब साढे पाँच लाख सदस्यको विवरण डिजिटल रूपमा अद्यावधिक गर्ने योजना बनाएको छ। प्रदेश र जिल्ला कमिटीलाई कार्ड छपाइ तथा वितरणको जिम्मा दिइएको छ।