गुण्डागर्दी विरुद्ध प्रहरीको ‘डाटा–ड्रिभन’ अभियान, हजारौँको प्रोफाइल तयार

एक घण्टा अगाडि
गुण्डागर्दी विरुद्ध प्रहरीको ‘डाटा–ड्रिभन’ अभियान, हजारौँको प्रोफाइल तयार

काठमाडौं । गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले व्यापक ‘प्रोफाइलिङ’ अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म १ हजार ९७ जनाको विस्तृत विवरण तयार गरिएको छ।

यसमा आपराधिक गतिविधिमा संलग्न, विगतमा पक्राउ परेका, संगठित समूह सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार गर्ने व्यक्तिहरू समावेश छन्।

प्रोफाइलमा उनीहरूको आपराधिक इतिहास, नेटवर्क, यात्रा विवरणदेखि पारिवारिक पृष्ठभूमिसम्म समेटिएको छ। प्रहरीका अनुसार यसले भविष्यमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनेछ।