क्यानको नयाँ रणनीति: फरक फर्म्याटमा फरक कप्तान, प्रदर्शन सुधारको प्रयास

एक घण्टा अगाडि
क्यानको नयाँ रणनीति: फरक फर्म्याटमा फरक कप्तान, प्रदर्शन सुधारको प्रयास

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोली व्यवस्थापनमा नयाँ रणनीति अपनाउँदै फरक–फरक फर्म्याटका लागि फरक कप्तान नियुक्त गरेको छ।

टी–२० टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरी लाई दिइएको छ भने एकदिवसीय टोलीको कप्तानी रोहित पौडेलले निरन्तरता पाएका छन्।

यो निर्णयले खेलको प्रकृतिअनुसार नेतृत्व विकास गर्ने लक्ष्य राखेको देखिन्छ। टी–२० मा आक्रामक र युवा खेलाडीलाई प्राथमिकता दिइएको छ भने ओडीआईमा अनुभव र स्थिरता कायम राखिएको छ।

लामो समयपछि गरिएको यस्तो संरचनात्मक परिवर्तनले नेपाली क्रिकेटको प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने विषय अबको मुख्य चासो बनेको छ।