काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयर बजारमा दैनिक मूल्य उतारचढावको सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ।
यसअघि १० प्रतिशतसम्म सीमित रहेको व्यवस्था संशोधन गर्दै नयाँ नियम लागू गर्न लागिएको हो।
यसले बजारमा लगानीकर्ताका लागि अवसर बढाउने भए पनि जोखिम पनि उत्तिकै बढ्ने विश्लेषण गरिएको छ। विशेषगरी साना लगानीकर्ताले सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
नयाँ व्यवस्था लागू भएसँगै बजारको गतिशीलता बढ्ने अपेक्षा गरिएको छ।