विद्युत् बक्यौता उठाउन प्राधिकरणको कडाइ, उद्योगीलाई पुनः ताकेता

५ घण्टा अगाडि
विद्युत् बक्यौता उठाउन प्राधिकरणको कडाइ, उद्योगीलाई पुनः ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बापतको बक्यौता उठाउन उद्योगीहरूलाई पुनः पत्राचार गरेको छ।

यसअघि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटिएपछि केही उद्योगले पहिलो किस्ता बुझाए पनि दोस्रो किस्ता बुझाउन अधिकांशले चासो नदेखाएको जनाइएको छ।

केही उद्योग विद्युत् नियमन आयोग पुगे पनि आयोगले मुद्दा खारेज गर्दै बक्यौता उठाउने बाटो खुला गरिदिएको छ। अब प्राधिकरणले असुली प्रक्रिया थप कडा बनाउने संकेत दिएको छ।