काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आफ्नो नयाँ जिम्मेवारीलाई सिक्ने र अझ परिष्कृत हुने अवसरका रूपमा लिएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले संसदलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिने र भएका कमजोरी सच्याउँदै अघि बढ्ने धारणा राखे। साथै विधायकी प्रक्रियालाई छिटो, पारदर्शी र परिणाममुखी बनाउने आफ्नो प्राथमिकता रहेको बताए।
सभामुख अर्यालले संसदको गरिमा उच्च राख्न सबै दल र सांसदको सहकार्य आवश्यक हुने उल्लेख गर्दै सञ्चारमाध्यमलाई पनि जिम्मेवार र रचनात्मक भूमिका खेल्न आग्रह गरेका छन्।