प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (मंगलबार) दिउँसो ३:३० बजे बस्ने तय भएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।