कञ्चनपुर । कञ्चनपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
पुनर्वास नगरपालिका-५ भानुबस्ती मा १८ वर्षीय उज्जल सायरमाथि आक्रमण हुँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।
प्रहरीका अनुसार गाउँमै आयोजित विवाह कार्यक्रममा विवाद उत्पन्न भएपछि सायरमाथि चक्कु प्रहार गरिएको हो। घटना सोमबार राति करिब साढे १ बजेतिर भएको बताइएको छ।
गम्भीर घाइते भएका सायरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।