काठमाडौं । प्रतिनिधि सभाको नियमावली मस्यौदा आज सभामुखसमक्ष पेश गरिने भएको छ।
मस्यौदा समितिको समयसीमा आज सकिने भएकाले अन्तिम तयारी पूरा गरेर दिउँसो ३ बजे पेश गर्ने तयारी गरिएको हो। समिति सदस्य यज्ञमणि न्यौपाने का अनुसार मस्यौदामा संसदीय कामकारबाहीलाई अझ प्रभावकारी बनाउने प्रावधान समेटिएका छन्।
गत चैत २३ गते गठन भएको समितिले विभिन्न राजनीतिक दल, कानुनविद् तथा सरोकारवालासँग परामर्श गर्दै मस्यौदा तयार पारेको हो।
नयाँ नियमावलीले संसद बैठक सञ्चालन, विधेयक प्रक्रिया, समितिगत काम र सांसदको भूमिकालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यसले संसदीय गतिविधिलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।