सुनसरी । सप्तकोशी नदीको जल सतह मंगलबार बिहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ।
कोशी परियोजनाका अनुसार बिहान ११:१५ बजे सप्तकोशीमा एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ। यो जल परिमाण गएरातिको तुलनामा केही कम हो।
हाल सप्तकोशी ब्यारेजका २० वटा ढोका खोलिएका छन्। ती ढोकाबाट पानी बिहारतर्फ बगिरहेको छ। यसअघि ब्यारेजका २६ वटासम्म ढोका खोलिएको थियो।