अर्थमन्त्री वाग्ले असोज १ गते भारत जाने

४४ मिनेट अगाडि
अर्थमन्त्री वाग्ले असोज १ गते भारत जाने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते नयाँदिल्ली प्रस्थान गर्ने भएका हुन्।

सरकारी स्रोतका अनुसार उनी असोज १ र २ गते भारतमा रहनेछन्। भ्रमणका क्रममा नेपाल-भारत सहकार्य तथा भोटेकोसी विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल हुने जनाइएको छ।

भारतमा रहँदा वाग्ले द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

त्यसैगरी भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ।