काठमाडौं । सुनचाँदीको भाउ मंगलबार पनि घटेको छ। सोमबार घटेको सुनचाँदीको मूल्य मंगलबार थप घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेर ३ लाख १ सय रुपैयाँमा झरेको छ। सोमबार सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो।
गएको शुक्रबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको थियो। त्यसपछि आइतबार बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य पछिल्ला दुई दिनमा पुनः घटेको हो।
त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर ४ हजार ६ सय रुपैयाँमा झरेको छ। सोमबार चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको थियो।