काठमाडौं । वाणिज्य विभाग र नेपाल आयाल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले चाडपर्वमा बस्तुको अभाव र कालो बजारी नहुने नहुने बताएका छन् ।
कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘चाडपर्वको समयमा कुनै पनि बस्तुको अभाव हुदैन । बजारमा हल्ला चलेको जस्तो चिनीको कुनै अभाव छैन ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश प्रकाश पौडेलले विभागले बजार अनुगमन गरेर कालो बजारी रोक्ने काम गरिरहेको बताए । मूल्य र गुणस्तरको विषयलाई केन्द्रमा राखेर अनुगमन विभागले गरेको बताए ।
विभागले गत आर्थिक वर्ष २ हजार ५ सय अनुगमन गरेकोमा ६८ वटाले व्यवसायले मात्रै सहि मूल्य र गुणस्तरीय समान बिक्री गरेको भेटेका थियो । यस आर्थिक वर्षमा २ सय विभिन्न व्यापारी पसलहरुमा अनुगमन गर्दा सबैको गल्ति भेटाएको सेढाईले बताए ।
उपाभोक्ता अधिकार कर्मी कृष्ण प्रसाद भण्डारीले कालो बजारी र बजार अनुगमन बजारको माग अनुसार हुन नसकेको बताए ।
नेपाल आयात निगम प्रवक्ता विनितमणि उपाध्यायले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको विषमा कुनै समस्या नहुने जानकारी गराए ।