एकताको लहर

अन्ततः रवि बालेन र कुलमान एकै ठाउँमा, रास्वपा झन बलियो

३ महिना अगाडि
अन्ततः रवि बालेन र कुलमान एकै ठाउँमा, रास्वपा झन बलियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनेगरी कुलमान घिसिङ र रवि लामिछानेबीच समझदारी बनेको छ । सोमबारबाटै उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको छ ।

घिसिङ रास्वपाको उपसभापतिका रूपमा रविपछि दोस्रो वरियतामा रहने भएका छन् । आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीच भएको वार्तापछि उक्त सहमति जुटेको हो ।

सहमतिमा भएका अन्य लेनदेनका विषय सार्वजनिक गरिएको छैन । सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

७ बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने उल्लेख छ ।एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट १८ जना समानुपातिक सूचीमा परेका छन् ।