कांग्रेसभित्र शक्ति संघर्ष तीव्र, देउवा-कोइराला समूह सक्रिय

२ हप्ता अगाडि
कांग्रेसभित्र शक्ति संघर्ष तीव्र, देउवा-कोइराला समूह सक्रिय

काठमाडौं । नेपाली कांग्रेस भित्र आन्तरिक विवाद फेरि चर्किएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच धुम्बाराहीमा छलफल भइरहेको छ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, सरकारको कामकारबाही, चुनावी समीक्षा तथा आगामी महाधिवेशनका विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ।

यसअघि विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भइसकेको छ, जसलाई निर्वाचन आयोगले मान्यता दिएको छ। त्यसपछि देउवा–कोइराला समूह किनारामा परेको विश्लेषण भइरहेको छ।