भारतको दाबी: माओवादी प्रभाव अन्त्य, देश ‘नक्सलमुक्त’

२ हप्ता अगाडि
भारतको दाबी: माओवादी प्रभाव अन्त्य, देश ‘नक्सलमुक्त’

नयाँ दिल्ली । अमित शाहले भारतलाई माओवादी विद्रोहबाट मुक्त घोषणा गरेका छन्।

लोकसभामा सम्बोधन गर्दै उनले ३१ मार्चदेखि देश ‘नक्सलमुक्त’ भएको दाबी गरेका हुन्। उनका अनुसार हजारौँ विद्रोहीले आत्मसमर्पण गरेका छन् भने बाँकीमाथि कारबाही जारी रहनेछ।

उनले ‘रेड करिडोर’ समाप्त भएको र विगतमा केही राजनीतिक शक्तिले माओवादीलाई संरक्षण दिएको आरोपसमेत लगाए।