चैते धानको मूल्य निर्धारण प्रक्रिया अघि बढ्यो

२ हप्ता अगाडि
चैते धानको मूल्य निर्धारण प्रक्रिया अघि बढ्यो

काठमाडौं । कृषि विभाग ले चैते धानको समर्थन मूल्य निर्धारणका लागि सिफारिस गरेको छ।

२५ जिल्लामा गरिएको अध्ययनका आधारमा उत्पादन लागत, श्रम, मल, बीउ र ढुवानी खर्चको विश्लेषण गरी प्रतिवेदन कृषि मन्त्रालयमा पठाइएको हो।

मन्त्रालयले सरोकारवालासँग छलफल गरी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ। निर्णय भएपछि मात्र मूल्य सार्वजनिक गरिनेछ।