ओली पक्राउको विरोधमा एमालेको देशव्यापी आन्दोलन घोषणा

२ हप्ता अगाडि
ओली पक्राउको विरोधमा एमालेको देशव्यापी आन्दोलन घोषणा

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले चैत २४ गतेदेखि चरणबद्ध आन्दोलन सुरु हुने जानकारी दिए। पहिलो चरणमा जिल्ला कमिटीमार्फत वृहत कार्यकर्ता भेला आयोजना गरिनेछ।

त्यसपछि आन्दोलन पालिका, वडा र प्रदेश तह हुँदै राजधानी केन्द्रित हुनेछ। वैशाख ३ गते वडा तहमा, ७ गते प्रदेश राजधानीमा र वैशाख १२ गते काठमाडौंमा ठूलो प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।