सेयर बजारमा सुधार: नेप्से १९ अंकले बढ्यो, अधिकांश समूह हरियो

२ हप्ता अगाडि
सेयर बजारमा सुधार: नेप्से १९ अंकले बढ्यो, अधिकांश समूह हरियो

काठमाडौं । नेपाली सेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१ अंकमा पुगेको छ।

अघिल्ला दुई दिनमा ठूलो गिरावट आएको बजार आज सुधारिएको हो। कारोबारका क्रममा नेप्से २७८९ अंकसम्म झरे पनि अन्तिम समयमा उकालो लागेको थियो।

आज १९५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ९ कम्पनी स्थिर रहे। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै बढेको छ भने बैंकिङ, हाइड्रोपावर, बीमा लगायत अधिकांश समूह सकारात्मक रहे।

कारोबार रकम भने केही घटेर ११ अर्ब ११ करोडमा सीमित भएको छ। केही कम्पनीको मूल्य १० प्रतिशतसम्म बढ्दा सप्तकोशी विकास बैंक लगायतका कम्पनीमा गिरावट देखिएको छ।