काठमाडौँ । आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम घटेको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे मापन गरिएको तापक्रम १३.५ डिग्री सेल्सियस पुगेको थियाे ।
वास्तविक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। सो समयमा तापक्रम अझै केही घट्न सक्ने वा हालकै अवस्थामा स्थिर रहन सक्ने सम्भावना रहेको जनाइएको छ।
हिजो उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस थियो। त्यसको तुलनामा आज तापक्रम करिब २ डिग्रीले घटेको हाे ।
मौसमविद्का अनुसार आज उपत्यकामा आंशिक बदली रहनेछ। आकाशमा हल्का बादल लागे पनि घाम देखिने सम्भावना छ।आज वर्षा हुने सम्भावना भने न्यून रहेको छ।