एमाले संसदीय दलको बैठक आज, नेता चयन हुने

२ हप्ता अगाडि
एमाले संसदीय दलको बैठक आज, नेता चयन हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेको हो।

बैठकमा संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको एक नेताले जानकारी दिएका छन्।

यसअघि बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा राजनीतिक तथा कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पार्टीले विभिन्न आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ।