कालीमाटीमा तरकारीको भाउमा उतारचढाव, केही सस्तो त केही महँगियो (मूल्यसूची)

२ हप्ता अगाडि
कालीमाटीमा तरकारीको भाउमा उतारचढाव, केही सस्तो त केही महँगियो (मूल्यसूची)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

आज बजारमा केही तरकारीको मूल्य घटेको देखिएको छ भने कतिपयको भाउ बढेको छ। केही वस्तु भने अघिल्लो दिनकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

आज ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो लोकल गोलभेँडा ३० रुपैयाँ पुगेको छ। रातो आलु १७ र भारतीय आलु २१ रुपैयाँमै स्थिर छन्। भारतीय सुकेको प्याज ३५ रुपैयाँ, तराईको गाँजर २० रुपैयाँ र लोकल बन्दा २३ रुपैयाँमा किनबेच भइरहेको छ।

यस्तै स्थानीय काउली ५५ रुपैयाँ, लाम्चो भन्टा ५५ रुपैयाँ, डल्ले भन्टा ६५ रुपैयाँ र लोकल मुला १७ रुपैयाँ प्रतिकिलो कायम भएको छ।

हरियो तरकारीतर्फ तनेबोडी ११० रुपैयाँ, करेला १५० रुपैयाँ, लौका ६२ रुपैयाँ र घिरौँला ९० रुपैयाँ पुगेको छ। हरियो फर्सी २५ रुपैयाँ र पाकेको फर्सी ५५ रुपैयाँमा कारोबार भइरहेकोछ ।

भिन्डी ११० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ कायम छ । यस्तै कुरिलो ४५० रुपैयाँ, न्यूरो ७५ रुपैयाँ र ब्रोकाउली ६२ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेकोछ ।

हिजोको तुलनामा सानो लोकल गोलभेँडा, गाँजर, तनेबोडी, करेला, लौका, घिरौँला र भिन्डीको भाउ बढेको छ भने काउली, बन्दा र ब्रोकाउलीको मूल्य घटेको देखिएको छ। अन्य वस्तु भने स्थिर रहेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

आजको तरकारी तथा फलफूल थोक मूल्यसूची

कृषि उपज न्यूनतम मूल्य (रु) अधिकतम मूल्य (रु) औसत मूल्य (रु)
गोलभेडा ठूलो (भारतीय) ६५ ७५ ७०.००
गोलभेडा सानो (लोकल) २५ ३५ ३०.००
गोलभेडा सानो (भारतीय) २५ ३५ ३०.००
गोलभेडा सानो (तराई) ३५ ४० ३७.५०
आलु रातो १५ २० १७.५०
आलु रातो (भारतीय) २० २३ २१.५०
प्याज सुकेको (भारतीय) ३४ ३६ ३५.२५
गाजर (लोकल) २० ३० २५.००
गाजर (तराई) १५ २५ २०.००
बन्दा (लोकल) २० ३० २३.७५
बन्दा (नरिवल) १५ २० १७.५०
काउली (स्थानीय) ५० ६० ५५.००
काउली (ज्यापु) ७० ८० ७५.००
काउली (तराई) ४० ५५ ४७.५०
मूला सेतो (लोकल) १५ २० १७.५०
मूला (हाइब्रीड) २० ३० २५.००
भन्टा लाम्चो ५० ६० ५५.००
भन्टा डल्लो ६० ७० ६५.००
बोडी (तने) १०० १२० ११०.००
मटरकोशा ५० ७० ६०.००
घिउ सिमी (लोकल) ६० ८० ७०.००
घिउ सिमी (हाइब्रीड) ४० ६० ५०.००
घिउ सिमी (राजमा) १०० ११० १०५.००
टाटे सिमी ८० ९० ८५.००
करेला १४० १६० १५०.००
लौका ५० ७० ६२.५०
घिरौला ८० १०० ९०.००
फर्सी पाकेको ५० ६० ५५.००
हरियो फर्सी २० ३० २५.००
भिण्डी १०० १२० ११०.००
सखरखण्ड ६० ७० ६५.००
पिंडालू ५० ६० ५५.००
रायो साग ४० ५० ४५.००
पालुङ्गो साग ६० ७० ६५.००
मेथी साग ८० ९० ८५.००
प्याज हरियो ८० १०० ९०.००
च्याउ (कन्य) ११० १३० १२०.००
च्याउ (डल्ले) ३०० ३५० ३२५.००
सिताके च्याउ ८०० १००० ९००.००
कुरीलो ४०० ५०० ४५०.००
ब्रोकाउली ६० ६५ ६२.५०
स्याउ (फुजी) २५० ३०० २७५.००
केरा (दर्जन) २०० २२० २१०.००
कागती २१० २२० २१५.००
अनार ३०० ३५० ३२५.००
अंगुर (हरियो) २०० २२० २१०.००
सुन्तला (भारतीय) १३० १५० १४०.००
तरबुजा ४० ५० ४५.००
काक्रो (लोकल) २० ३० २५.००
अदुवा ८० १०० ९०.००
खुर्सानी हरियो ६० ८० ७०.००
लसुन (नेपाली) १७० १८० १७५.००