बगदादबाट अमेरिकी महिला पत्रकारको अपहरण, इरान समर्थित समूहमाथि शंका

२ हप्ता अगाडि
बगदादबाट अमेरिकी महिला पत्रकारको अपहरण, इरान समर्थित समूहमाथि शंका

इराकको राजधानी बगदाद बाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन्। मंगलबार साँझ उक्त घटना भएको बताइएको छ।

अपहरणमा परेकी पत्रकार शैली किटलसन स्वतन्त्र रूपमा रिपोर्टिङ गर्दै आएकी थिइन्। इराक र अमेरिकी अधिकारीहरूले उनको अपहरणमा इरान समर्थित मिलिसिया समूहको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन्।

इराकी गृह मन्त्रालयका अनुसार अपहरणकारीहरूको खोजी गर्ने क्रममा एक संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रारम्भिक सूचनाअनुसार अपहरणकारीहरू कताइब हिज्बुल्लाह नामक इरान समर्थित सशस्त्र समूहसँग आबद्ध रहेको आशंका गरिएको छ।

पछिल्लो समय इरानसँग नजिक रहेका इराकी इस्लामिक मिलिसियाहरूले अमेरिकी लक्ष्यहरूमा आक्रमण बढाउँदै आएका छन्। यसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषकहरूले बताएका छन्।