काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन दिएको समय सोमबार सकिदा १४ बाहेक सबै दलले पेश गरेका छन् । अन्तिम समयमा रास्वपासँग कुलमान नेतृत्वको उज्याले नेपाल पार्टी मर्ज भएको छ ।
सोमबार अपराह्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, नाउपा, प्रलोपा लगायतका दलले समानुपातिक सूची बुझाएका थिए ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन हो । यहीबीच जसपा नेपाल र लोसपाबीच पनि एकता भएको छ । त्यस्तै रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा नेपाली कम्युनिष्ट पार्टीसँग गाभिएको छ ।