एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी

३ महिना अगाडि
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिने जाँचबुझ आयोगको तयारी

काठमाडौं । जेनजी आन्दोलन उच्चस्तरीय जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको छ । ओलीले बयान दिन लुरुलुरु नजाने बताइरहेका बेला आयोग जसरी पनि बयान लिने तयारीमा छ ।

सोमबार मात्र आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग आयोगको कार्यालय सिंहदरबारमा बयान लियो । बयान मंगलबार पनि चल्ने आयोगले बताएको छ । लेखकसँग बयान सकिएपछि तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आयोगले ओलीसँग बयान लिने भएको हो ।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार बयान नसकी लेखक र ओलीमाथि लागु भएको स्थानहद खुल्नेछैन । लेखकले भने बयान दिएपछि पत्रकार सम्मेलन गर्दै आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट पारे ।