एमाले संसदीय दलको नेतृत्व चयनमा सहमति जुटेन, निर्वाचन हुने

२ हप्ता अगाडि
एमाले संसदीय दलको नेतृत्व चयनमा सहमति जुटेन, निर्वाचन हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेता चयनमा सहमति जुट्न नसकेपछि अब निर्वाचनमार्फत नेतृत्व चयन गरिने भएको छ। सचिवालय बैठकमा लामो छलफल हुँदा पनि एकमत हुन नसकिएपछि प्रतिस्पर्धा गराउने निष्कर्ष निकालिएको हो।

दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा र सांसद सुहाङ नेम्वाङ बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। दुवै पक्षले आ-आफ्नो दाबी अडानका साथ राखेपछि सहमतिको सम्भावना टरेको हो।

निर्वाचन प्रक्रिया सञ्चालन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिको संयोजकमा निरज आचार्य तोकिएका छन्। समितिले छिट्टै निर्वाचनको मिति र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

पार्टीभित्र नेतृत्व चयनको विषयले चासो बढिरहेका बेला हुन लागेको यो प्रतिस्पर्धालाई आगामी राजनीतिक दिशासँग जोडेर हेरिएको छ।