काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा चयन भएका छन्। बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा भएको प्रक्रियामार्फत उनी दलको नेता बनेका हुन्।
दलको नेतामा इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। तर उनले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक निरज आचार्यका अनुसार प्रतिस्पर्धा नहुँदा निर्वाचन प्रक्रिया आवश्यक नपरी थापा स्वतः चयन भएका हुन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले २५ सिट जितेको थियो।