जेनजी आन्दोलनपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

३ महिना अगाडि
जेनजी आन्दोलनपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

धनगढी । सुदूर पश्चिम प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ ।  सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो ।

यसअघि ११ गते बस्ने भनिएको बैठक संसद भवन पुनर्निर्माण पूरा नहुँदा स्थगित गरिएको थियो । जेनजी आन्दोलनका क्रममा भदै २४ गते आगजनि र तोडफोडबाट संसद भवन पुर्ण रुपमा क्षति भएको थियो ।

विभिन्न प्रदेश कानून बनाउने गरी काम अघि बढाउने प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।