काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उतारचढाव देखिएको छ। हिजो उल्लेख्य रूपमा बढेको सुनको मूल्य आज घटेको छ भने चाँदी पनि सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कायम भएको छ। यसअघि हिजो सुनको मूल्य एकैदिन ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो।
यसअघि माघ १५ गते सुनको मूल्य ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले सस्तो हुँदै ४ हजार ७८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ थियो।
यसअघि माघ १८ गते चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको थियो, जहाँ एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले भाउ घटेको थियो। माघ १५ गते भने चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च बिन्दु मानिन्छ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको मूल्यमा परिवर्तन तथा लगानीकर्ताको व्यवहारका कारण सुनचाँदीको मूल्यमा दैनिक रूपमा परिवर्तन भइरहेको देखिन्छ।