काठमाडौँ । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्ब ले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर अन्योल सिर्जना गरेको आरोप लगाए। संसद भवन र सिंहदरबारमा भएको क्षतिलाई स्मरण गर्दै उनले ती घटनाको निष्पक्ष र विस्तृत छानबिन आवश्यक रहेको बताए।
उनले दुवै दिनका घटनालाई समान रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिँदै एक पक्षको मात्रै मूल्यांकन गर्ने प्रवृत्ति गलत भएको उल्लेख गरे। दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्ने सिद्धान्तमा सरकार अघि बढ्नुपर्ने उनको धारणा थियो।