सोमबार सेयर बजार घट्यो

३ महिना अगाडि
सोमबार सेयर बजार घट्यो

काठमाडौं । आइतबार उकालो लागेको सेयर बजार सोमबार ओरालो झरेको छ  । साताको पहिलो दिन सकारात्मक बनेको सेयर बजार फेरि घटेको छ। सोमबार दोहोरो अंकले गिरावट आएको हो। नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २६ सय २२ दशमलव ८८ विन्दुमा आएको छ ।

विकास बैंक र म्युचुअल फण्ड बाहेकका सबै उपसमूहहरु घट्दा बजार प्रभावित भएको हो। जीवन बीमाको सूचक सबैभन्दा धेरै ०.८५ प्रतिशतले ओरालो लागेको छ । सोमबार बजारमा १६५ कम्पनीका सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् ।