एनभीए महिला तथा पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबको लगातार दोस्रो जित

३ महिना अगाडि
एनभीए महिला तथा पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबको लगातार दोस्रो जित

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘डी’ अन्तर्गतको खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो । यस जितसँगै आर्मीले ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई पनि ३–० ले हराएको थियो। कीर्तिपुरको भने यो प्रतियोगितामा पहिलो खेल थियो।

यसैबीच, महिला तर्फ न्यु डाइमन्ड स्पोट्र्स क्लब ले पनि लगातार दोस्रो जित निकाल्दै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेको छ । सोमबार नै सम्पन्न खेलमा न्यु डाइमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ मा आफ्नो पकड मजबुत बनाएको हो ।