दलको नेताका लागि कांग्रेसमा प्रतिस्पर्धा तीव्र

२ हप्ता अगाडि
दलको नेताका लागि कांग्रेसमा प्रतिस्पर्धा तीव्र

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नयाँ नेता चयन गर्न चैत २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त मिति तय गरेको हो।

निर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहमहामन्त्री प्रकाश रसाइली को संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।

दलको नेतामा आकांक्षा देखाउँदै अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का ले दाबी प्रस्तुत गरेका छन्। यससँगै कांग्रेसभित्र नेतृत्व चयनको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।