मकवानपुरमा ट्रक पल्टिँदा त्रिभुवन राजपथ अवरुद्ध, चालक घाइते

१ हप्ता अगाडि
मकवानपुरमा ट्रक पल्टिँदा त्रिभुवन राजपथ अवरुद्ध, चालक घाइते

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–१२, टिस्टुङमा ट्रक दुर्घटना हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

राति करिब १ः३० बजे काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ट्रकको पट्टा भाँचिँदा सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि यातायात आवागमन प्रभावित भएको छ।

दुर्घटनामा धादिङका २७ वर्षीय चालक धुर्व घले घाइते भएका छन्। उनको पालुङ अस्पतालमा उपचार भइरहेको छ। सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले ट्रक हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।