काठमाडौं । मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । २ सय ४१ यात्रु र ९ जना चालकदलका सदस्य सवार उक्त रेल मेक्सिकोको राजधानीबाट झन्डै ६ सय किलोमिटर दूरीमा पर्ने ओआक्साका राज्यको असुन–सियोन इक्स्टाल्टेपेक क्षेत्रमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घाइतेमध्ये ३६ जनालाई उपचारका लागि अस्पताल लगिएको र अन्यलाई सामान्य चोटपटक मात्रै लागेको जनाइएको छ । दुर्घटनाको कारण खुलिसकेको छैन् ।