फेवाताल अतिक्रमण हटाउन पोखरा महानगर सक्रिय, ३२ टहरा भत्काइयो

१ हप्ता अगाडि
फेवाताल अतिक्रमण हटाउन पोखरा महानगर सक्रिय, ३२ टहरा भत्काइयो

पोखरा । पोखरा महानगरपालिका ले फेवाताल आसपास बनाइएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ। शनिबार बिहानदेखि महानगरले डोजर प्रयोग गरेर टहरा हटाउने काम अघि बढाएको हो।

महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापा का अनुसार हालसम्म ३२ वटा टहरा भत्काइसकिएको छ। उक्त कार्यमा नेपाल प्रहरी को समेत सहयोग रहेको उनले जानकारी दिए।

फेवाताल क्षेत्रमा लामो समयदेखि अतिक्रमण बढ्दै गएको भन्दै महानगरले त्यसलाई नियन्त्रण गर्न कदम चालेको हो। यसअघि संघीय सरकारले पनि फेवाताल अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्दै तीन महिनाभित्र अभियान सुरु गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को १०० दिने कार्यसूचीभित्र पनि फेवाताल संरक्षण र अतिक्रमण हटाउने विषय समावेश गरिएको थियो।

यसैबीच, केही समयअघि प्रधानमन्त्री बालेन शाह र पोखरा महानगरका प्रमुखबीच फेवाताल क्षेत्रका अवैध संरचना हटाउने विषयमा छलफल भएको बताइएको छ। महानगरले अब थप संरचनामाथि पनि क्रमशः कारबाही अघि बढाउने संकेत दिएको छ।