काठमाडौं । स्वदेशी तथा पैठारी गर्ने फर्मलाई प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण सातदिनभित्र उपलब्ध गराउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
विभागले सोमबार सूचना जारी गर्दै अर्थोपेडिक इम्प्लान्ट, इन भिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने र कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज जस्ता स्वास्थ्य सामग्री र उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई उक्त निर्देशन दिएको हो।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्रि वितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४ जारी गरेको छ।