काठमाडौं । नेपाली कांग्रेस ले पुराना क्रियाशील सदस्यलाई वैशाखभित्रै सदस्यता अद्यावधिक गर्न अनिवार्य गरेको छ। महामन्त्री प्रदीप पौडेल ले समयमै सदस्यता अद्यावधिक नगर्नेहरू १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट पारेका छन्।
उनका अनुसार सम्बन्धित वडाबाट सदस्यता अद्यावधिक गराएपछि मात्रै कांग्रेस आईडी बन्नेछ, र सो आईडी बिना महाधिवेशनमा सहभागिता सम्भव हुने छैन।
यसैबीच कांग्रेसले महाधिवेशन तयारीलाई तीव्र बनाउँदै ७७ वटै जिल्लामा खटिने केन्द्रीय नेताहरूलाई अभिमुखीकरण तालिमसमेत दिएको छ। ‘जरा अभियान’ र महाधिवेशन लक्षित कार्यक्रम प्रभावकारी बनाउन यस्तो प्रशिक्षण दिइएको जनाएको छ।